काभ्रे : जिल्ला बार ईकाई काभ्रेको अध्यक्षमा विष्णु प्रसाद सापकोटा चयन भएका छन् । आज भएको निर्वाचनमा अध्यक्ष सापकोटा सहित पदाधिकारीमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समूहले सानदार जीत हासिल गरेको छ ।
गठबन्धनबाट अध्यक्षमा विष्णु प्रसाद सापकोटा ४७ मत ल्याएर विजयी भएका छन् भने एमाले सर्मथक हरिशरण दाहालले ४२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि गठबन्धनका जयराम थापा ५७ मतसहित विजयी भएका छन् भने सचिवमा गठबन्धनकै महेश कुवँर ५३ मत ल्याएर विजयी भएका छन् ।
कोषाध्यक्ष र सहसचिवमा पनि गठबन्धनबाटै विजयी भएका छन् । कोषाध्यक्षमा नारायणध्वज तामाङले ५४ मत र सहसचिवमा रमिता मानन्धर ५९ मत ल्याएर विजयी भएका छन्। पाँचै जना पार्षद गठबन्धनबाट निर्वाचित भएका छन् ।



















