रोशी र तेमालका १० वटा कृषि समूहलाई बोयर जातको बोका वितरण

काभ्रे : जिल्लाको रोशी र तेमाल गाउँपालिकाका कृषि समूहहरुलाई बोयर जातका बोका वितरण गरिएको छ । रोशी गाउँपालीकाका र तेमाल गाउँपालीकाको दश वटा कृषि समूहलाई बोयर जातको बोका वितरण गरिएको छ ।
रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा रोशी गाउँपालिका वडा नं.९ मंगलटारमा शनिबार एक कार्यक्रमका बिच कृषि समूहलाई बोयर जातका बाख्रा वितरण गरिएको गाउँपालिकाको पशुसेवा शाखाले जनाएको छ ।
उक्त कार्यक्रममा रोशी गाउँपालिका र तेमाल गाउँपालिकाका १० वटा कृषि समूहलाई उन्नत जात बोयर जातको १० वटा बोका वितरण गरिएको रोशी गाउँपालिकाको पशुसेवा शाखा प्रमुख रधुनी शाहले जानकारी दिए । उनका अनुसार बाख्राको नश्ल सुधार तथा बाख्राको पकेट क्षेत्र बिस्तार गर्ने उद्देश्यले कृषि समूहहरुलाई बोयर जातको बोका वितरण गरिएको हो ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा रोशी गाउँपालीकाका अध्यक्ष डि .वि लामा, संस्थाका संयोजक राजेन्द्र अधिकारि , दिपक मैनालि, बुद्धिजिवि, कृषक लगायत स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।