सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज (आइतबार) प्रतितोला २ सय रुपैँयाले बृद्धि भएको छ । छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर एक लाख दुई हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूलयमा पनि समान्य बृद्धि भएको छ । प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस