डा. पोख्रेल बैक तथा बित्तिय क्षेत्रको विज्ञमा नियुक्त

काठमाडौ : अर्थ मन्त्रालयले बैक तथा वित्तिय क्षेत्रको विज्ञको रुपमा डा. शालीक राम पोख्रललाई नियुक्त गरेको छ ।

लघुवित्त, साना तथा मझौला उद्योगमा विशेषग्यता हासिल गरेका डा. पोख्रेललाई अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक विज्ञको रुपमा नियुक्त गरेका हुन् । बैकिङ तथा वित्तिय प्रणलीमा देखिएको समस्यालाई मध्येनजर गदै त्यसको अध्यन र अनुसन्धान गरी समस्याको समधान गर्ने उदेश्यले पोख्रेललाई नियुक्त गरेको हो ।

करीब एक दश देखि नेपाल राष्ट्र बैकको आर्थिक अनुसन्धान विभागमा कार्यरत डा. पोख्रेललाई अर्थ मन्त्रालय अन्र्तगत बैकिङ तथा वित्तिय प्रणलीलाई कसरी माथि लाग्न सकिन्छ भन्ने उदेश्यले उनलाई अर्थ मन्त्रालयमा आर्थिक बिज्ञको रुपमा नियुक्ती गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

डा. शालीकराम पोखरेलले १० वर्षभन्दा बढी नेपाल राष्ट्र बैक अनुसन्धान बिभागमा रहेर मौद्रिक निति लेखन तथा नितिगत ब्यबस्थाका लागि थुप्रै अनुसन्धान गरेको अनुभवको आधारमा उनलाई नियुक्ती गरीएको अर्थ मन्त्रालयले छ ।

डा. पोखरेलले बैकिङ क्षेत्रमा पनि लामो अनुभव रहेकाले उनले यस क्ष्ोत्रका लागि यस भन्दा अगाडि पनि चुनौती पूर्ण ढगले काम गदै सफल हुदै आएका छन् । नेपालको आन्तरिक उत्पादन बृद्धि तथा अर्थ तन्त्रको दिगो विकासका लागी साना मझौला तथा घरेलु उद्योग र लघुबित्त क्षेत्र नै प्रमुख रहेको उनले बताए ।                                                                                    यसका लागि आफुले भोलिका दिन आफूले गरेको अध्यन र अहिले सम्मको अनुभव अबका दिनमा लागु गर्ने समेत बताए । चुनौतीलाई कुसलता पूर्वक व्यवस्थापन गर्ने शाहसिक युवा अर्थशास्त्री को रुपमा चिनिने डा .पोखरेल यस भन्दा अगाडि पनि अनुसन्धान मुलक आर्थिक विषयका लेखहरु लेख्दै आएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस