भक्तपुरमा बर्ड फ्लु देखिएसँगै काभ्रेमा अपनाइयो उच्च सर्तकर्ता

काभ्रे : छिमेकी जिल्ला भक्तपुरमा बर्ड फ्लु देखिएसँगै काभ्रेमा उच्च सर्तकर्ता अपनाइएको छ । केही दिन अघि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० मा रहेका ३ वटा पोल्ट्री फार्ममा बर्ड फ्लु भेटिएपछि काभ्रेमा उच्च सर्तकर्ता अपनाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले जनाएको छ ।

भक्तपुरभन्दा संक्रमण देखिनुभन्दा पहिले काठमाडौँमा बर्ड फ्लु देखिने बित्तिकै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला स्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहहरुलाई सम्बन्धित व्यवसायीहरुलाई सजकता अपनाउन अनुरोध गरिएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख राज कुमार हुमागाईले बताए । उनका अनुसार यसका साथै बैठकले यसको संक्रमण रोकथामका लागि व्यवसायीसँग छलफल गर्नका लागि स्थानीय तहहरुलाई समन्वय गर्न अनुरोध गरेको थियो ।

काभ्रेका १३ वटा स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले मात्रै संक्रमण रोकथामका लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको थियो । केन्द्रले सबै पालिकाका पशुपन्छी शाखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृत , सुरक्षा निकाय, जिल्ला स्तरीय प्राविधिक समितिका सदस्य सहितको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको केन्द्रका प्रमुख हुमागाईले बताए । उनका अनुसार यसका साथै जिल्ला अन्र्तगत वि.पी राजमार्गका विभिन्न स्थान, जिल्लाको मुख्य सिमा नाका मंगलटारमा रोशी गाउँपालिकासँग समन्वय गरेर पोल्ट्रीजन्य पदार्थको चेकजाँच पोइन्ट स्थापना गरिएको छ । मुख्य राजमार्ग बाहेक जिल्लासँग सिमाना जोडिएका पालिकाहरुमा पनि सजकता अपनाउनका लागि अनुरोध गरिएको उनले बताए ।

राजमार्ग आसपासका पोल्ट्री व्यवसायी किसानहरुसँग पनि नमूना संकलन गर्ने कामहरु भइरहेको केन्द्रले जनाएको छ । सबै पालिकामा अहिले नमूना संकलनदेखि निगरानीका कामहरु पनि भइरहेको छ । संकलन गरिएको नमूनाको हालसम्म सबै रिपोर्ट नेगेटिभ आएको केन्द्रको जानकारी छ ।

बर्ड फ्लूको संक्रमणबाट जोगिनका लागि विशेष गरेर सरसफाईमा ध्यान दिन केन्द्रले पोल्ट्री व्यवसायलाई अनुरोध गरेको छ । यसका साथै जैविक सुरक्षा पद्धति अपाउन पनि व्यवसायीलाई केन्द्रले आग्रह गरेको छ । संकास्पद रुपमा एकैपटक धेरै संख्यामा कुुखुरा मरेमा तुरन्तै स्थानीय तहका पशु शाखा र भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा जानकारी गराउन केन्द्र विशेष अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस