५ सय रुपैँयाले घट्यो सुनको मूल्य
सोमबार, फाल्गुण ३०, २०७८ | ११:४९:४९

काठमडौँ : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले घटेर एक लाख दुई हजार ३ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार ८ सय रुपैँयामा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय रुपैँया तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला एक लाख दुइ हजार ३ सय रुपैँया कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर एक हजार ४ सय १५ रुपैँया तोकिएको महासङ्घले जनाएको छ ।