
काभ्रे : जिल्लाको रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गरेका हुन् ।
आजबाट सुरु प्रतियोगिता चैत्र २ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयबाट सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिकाका १६ वटा विद्यालय सहभागी हुनेछन् । उक्त प्रतियोगितामा एथ्लेटिक्स, कबड्डी र भलिबल खेलहरु समावेश गरिएको छ ।