ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ४ जना पक्राउ

नवलपरासी (पूर्व) : हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस