बनेपाका कृषकलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गरिने

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/७९को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत (७x१२ ) मिटरको ९० जि.एस.एम प्लाष्टिक टेनल (सुपर पोलिन) ५० प्रतिशत अनुदानमा वितरण गर्न नगरपालिकाले जनाएको छ ।

व्यवसायिक कृषि खेती गरिरहेका कृषकहरुलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गर्न लागिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । अघिल्लो वर्ष अनुदान नलिएका कृषकहरुलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।

कृषि शाखाका अनुसार इच्छुक कृषक, कृषक समूह, सहकारीहरुले नगरपालिकाबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वडा कार्यालयको शिफरिस र नागरिकताको प्रतिलिपि सहित नगरपालिकाको कृषि शाखामा निवेदन सकिनेछ । यस विषयमा थप जानकारी लिनको लागि नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस