काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।
माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले उक्त गीतको प्रक्रिया दिदैँ अहिले हामी कोही उत्तेजित हुनुनपर्ने बताएका छन् । सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग प्रचण्डले भने,‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष/विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । ।



















