मृगौला पीडित जिल्ला स्तरीय माओवादी नेता तिमल्सिनालाई काँग्रेसको सहयोग

काभ्रे : दुबै मृगौला फेल भएर उपचाररत बेथानचोक गाउँपालिका–५ का जिल्ला स्तरीय माओवादी नेता तेजबहादुर तिमल्सिनालाई नेपाली काँग्रेसका स्थानीय नेताहरुले सहयोग गरेका छन् ।

तेजबहादुर तिमल्सिना बचाउ अभियानका अभियान्ता समिर केसी, नेपाल विद्यार्थी संघकी नेतृ यशोदा खत्री र हास्य कलाकार भगवान खत्रीले विभिन्न व्यक्तीहरुबाट दुई लाख ६३ हजार ८५५ रुपैँया संकलन गरेका थिए। उक्त संकलित रकम हस्तान्तरण गर्न नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र न २ ‘ख’ का सभापति रामहरि श्रेष्ठ, प्रतिनिधिसभा क्षेत्र न २ का सचिव नारायण सापकोटा, बेथानचोक गाउँपालिका वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, काँग्रेसका युवा नेता मछिन्द्रकुमार लामा लगायतले उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

आर्थिक अवस्था नाजुक रहेकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको नेपाल विद्यार्थी संघकी नेतृ यशोदा खत्रीले जानकारी दिइन् । ‘दुःख जसलाई पनि पर्छ। यसमा पार्टी भनेर हेर्नुहुँदैन,’ नेतृ खत्रीले भनिन्, हामीले सकेको सहयोग गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका हौँ । सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’ यो अभियानमा साथ अझै आफूले खोजिरहेको बताउँदै उनले सहयोगको लागि अपिल गरिन् ।

जीवनको लामो समय कम्युनिष्ट राजनीतिमा लागेका तेजबहादुर तिमल्सिनाले अहिले उपचारको लागि सहयोगको पर्खाइमा छन् । युवा अवस्था राजनीतिमा व्यथित गरेका उनस् काभ्रे जिल्लाका लागि आर्दश व्यक्तीका रुपमा परिचित छन् । भक्तपुरमा उपचारमा रहेका तिमल्सिनालाई डाक्टरले छिटो भन्दा छिटो मृगौला प्रत्यारोपणको लागि भनिरहेको परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस