अनलाइनमार्फत ठगी कार्यमा संलग्न मण्डनदेउपुरका एक पुरुष पक्राउ

काभ्रे : अनलाइनमार्फत ठगी कार्यमा संलग्न रहेका काभ्रेको मण्डनदेउपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ४ घर भइ हल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दिप गौतम रहेका छन् ।
प्रहरीका अनुसार गौतमले आफूलाई बिदेशी नागरीक बताउने Whatsapp No +447433813800 प्रयोगकर्ता Dr. Johan Lawrence नामक ब्यक्तिले सामाजिक संजाल Facebook, Whatsapp को माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको भन्दै आएका थिए ।
म्यासेज पठाएको केहि समय पछी प्रताप राना सिंह नाम बताउने ब्यक्तिले पीडितलाई Whatsapp मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी Tax रकम तिर्नुपर्छ भनी भ्रमपुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र IME को माध्यमबाट रु. २९,४०,०००।– (अक्षरुपी उन्तिस लाख चालिस हजार) रकम जम्मा गर्न लगाई लिई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ परेका गौतमलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस