बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

झापा : बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। झापाको इलाम सुर्योदय नगरपालिका–१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको हो। घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो। तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठले बताए।

बुटवल नगरपालिका(९ बस्ने बस चालक ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस