काठमाडौं : अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ आगामीजेठ २७ मा रिलिज हुने भएको छ । अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।पोस्टरमा ऋचा पैसालाई अँगालेको चरित्रमा प्रस्तुत छिन् । पोस्टरअनुसार कथावस्तु पैसाकै वरपर केन्द्रित रहेको बुझ्न सकिन्छ ।
कुमार भास्कर निर्देशित फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतको अभिनय छ।फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् ।
नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले फिल्मको कथा लेखन गरेका छन् । निशाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।आरआर फिल्म्सले वितरण अधिकार लिएको छ ।























