काठमाडौं : लागु औषधसहित एक भारतीय र एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले लागु औषधसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई काठमाडौं टेकु बस्दै आएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला वरमाभोजका १९ वर्षीय अजय गौतम छन्।
उनीहरुलाई सोमबार टंकेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए। उनीहरुबाट ९ सय पिस नाइट्राभेट बरामद भएको छ। दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।























