जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मंगलबार, चैत्र ०१, २०७८ | १५:२५:२४
उदयपुर : ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।