मंगलबार, फाल्गुण २६, २०८२
स्थानीय तहको निर्वाचनको लागि नेपाल प्रहरीले माग्यो एक लाख म्यादी प्रहरी

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार स्थानीय तहको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी माग गर्दै सूचना जारी गरेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने छन् ।

स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना :

 

सिफारिस

ताजा समाचार

लोकप्रिय