काभ्रेमा सुरु भयो काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’

काभ्रे : नेपाली काँग्रेस ले सुरु गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ काभ्रेमा पनि सुरु भएको छ ।

आगामी स्थानीय तहको निर्वाचन २०७९ लक्षित गर्दै काँग्रेसले सचालन गरेको सो अभियान जिल्लाको १३ वटै स्थानीय तहका १ सय तहका १३५ वडामा पनि सञ्चालन हुने जनाइएको छ । काँग्रेसको उक्त अभियान काँग्रेस प्रवक्ता डा .प्रकाशसरण महतले आइतबार काभ्रेको बनेपामा एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए ।

जिल्लाका  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र र १३ स्थानीय तह सबैमा एकैसाथ अभियान सञ्चालन गरिएको उपसभापति रमेशप्रसाद हुमागाईँले बताए । उनका अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडास्तरमा गई काँग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिइनेछ । काँग्रेसका उम्मेदवारलाई मत हाल्न प्रेरित गरिनेछ । “अभियानमा एमसिसीबारे भ्रम चिर्ने गतिविधि पनि गरिन्छ”, उनले भने।

अभियानमा जनजागरण कार्यक्रम सञ्चालन तथा सङ्गठनलाई जनस्तरसम्म पु¥याउने विशेष लक्ष्य रहेको बताइन्छ । साथै अभियानअन्तर्गत शुभेच्छुक संस्था गठन तथा बस्ती र क्षेत्रको केन्द्र हुने गरी सरोकारवालासँग अन्तक्र्रिया र छलफल कार्यक्रमसमेत गरिने जनाइएको छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस