काठमाडौँ : केही दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ ।
हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेको छ । आज १२ सय रुपैँया ले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम गरिएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा ३५ रुपैयाँले घटेको चाँदीको मूल्य आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।























