‘काठमाडौँको फोहोर उठ्न अझै एक हप्ता लाग्ने सक्ने’: महानगर प्रवक्ता डङ्गोल

काठमाडौँ : केही दिनदेखि काठमाडौँ उपत्यकाको विभिन्न स्थानका सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।

फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् ।

काठमाडौँ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले बताए ।

आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच बुधबार भएको छलफलपछि फोहोर उठाउन थालेको र बुधबार मात्रै ७० ट्रक फोहोर सिस्डोल पर्‍याएको प्रवक्ता इश्वरमान् डङ्गोलको जानकारी छ । उनका अनुसार फोहोर उठाउने काम भइरहेको छ । काठमाण्डौका सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस