खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले घरे अस्पताल

बुटवल : खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अपरेसन गर्ने क्रममा बुधबार बिहान बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा मृत्यु भएको थियो ।

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पताल घेराउ तथा नाराबाजी गरेका हुन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

मृतकका आफन्तहरूले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको मृतकका आफन्त हेमलाल चौधरीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस