निर्वाचन नजिकिँदै गर्दा काभ्रेमा एमालेलाई ठूलो झड्का : शक्तिशाली व्यक्तिहरु काँग्रेसमा प्रवेश

काभ्रे : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काभ्रेमा नेकपा एमालेलाई ठूलो संकट उत्पन्न भएको छ । निर्वाचनको संघारमै नेकपा एमाले निकट शक्तिशाली व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष निराजन जंगम नेपाली काँग्रेसमा प्रवेश गरेसँगै धुलिखेल एमालेमा यतिबेला संकट उत्पन्न भएको छ । स्थानीय तहको निर्वाचन २०७४ मा नगरपालिकाको वडा नं ८को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका जंगम आज नेपाली काँग्रेसमा प्रवेशमा गरेका हुन् ।
जंगमसँगै नेकपा एमाले निकट शक्तिशाली व्यक्तिहरु नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपाल सरकारका पूर्व सह–सचिव उद्धव थापा, यातायात व्यवसायी दिल कुमार शाही, जनता समाजवादी युवा संगठनका केन्द्रिय उपमहासचिव सुनिल लामा (छेवाङ) लगायत करिब ३ सय जना आज नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।