सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ । बिहीबार छापावाला सुनको प्रतितोला मूल्यमा ५ सय रुपैँयाले बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला मूल्य ९९ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको प्रतितोला मूल्य पनि २० रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १३७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस