१० किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

जनकपुर : १० किलो लागूऔषध गाँजासहित जनकपुरबाट एक युवकलाई प्रहरीले पपक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इप्रका धनुषाबाट गस्ती टोलीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा शहिदनगर नगरपालिका-३ यदुकूहा-जनकपुर सडक खण्डबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ ।

गस्तीको क्रममा यादवमाथि शंका लागेपछि उनले चढेको मोटरसाइकलको चेकजाँच गर्दा मोटरसाइकल बाँधिएको बोरामा १० किलो गाँजा बरामद भएको उनले बताए । प्रहरीले उनको साथबाट ३२ हजार रुपैयाँसमेत बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवलाई नियनत्रणमा लिई लागूऔषध मुद्दा शीर्षकमा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस