मन्त्ती खतिवडाद्वारा मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन
काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा नवनिर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन गरिएको छ ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नव निर्मित अस्पतालको आज उद्घाटन गरेका हुन् । अस्पतालको सुम्घाटन समारोहमा बागमती प्रदेशकी मन्त्री निमा लामा, बागमती प्रदेश सभा सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाइबा, स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
अस्पताल निर्माणका लागि काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन भएको थियो । उक्त अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना तय भएको हो ।