उम्मेदवारी मनोनयन दर्ताका लागि समय तालिका सार्वजनिक

काठमाडौं : आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गर्नका समय तालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तय गरेको हो ।

शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने आयोगले निर्णय गरेको हो । मनोनयन गर्दा निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिने आयोगले जनाएको छ । मनोनयनको सूची सोही दिन साँझ ५ बजे हुनेछ ।

आज बसेको आयोगको बैठकको निर्णय अनुसार उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिनका लािग समय तय भएको छ । १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

यस्तै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिह्न दिने कार्यतालिका छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय