‘स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन्छ’ : प्रधानमन्त्री देउवा
शनिबार, चैत्र ०५, २०७८ | २०:०६:३०
काभ्रे : प्रधानमन्त्री शेर बहादुर देउवादले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । जिल्लाको तेमाल गाउँपालिकाको प्रमुख प्रशासकिय भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका हुन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आज गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन गरेका हुन् । गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत तेमाल पुगेका थिए ।
नवनिर्मित गाउँपालिकाको प्रशासकिय भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन भयरहति वातावरणमै हुनेछ । तोकिएकै समयमा निवार्चन सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको जरुरी छ ।’ स्थानीय तहको निर्वाचनमा जुट्न प्रधानमन्त्री देउवले सबैलाई आग्रह गरे ।