काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैँयाले घटेको छ ।
आज छापावाल सुन आज ६ सय रुपैँयाले घटेर प्रतितोला ९९ हजार २ सय रुपैँया तोकिएको छ । अघिल्लो दिनजसको मूल्य ९९ हजार ८ सय रुपैँया कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुयैँया कायम गरिएको छ । यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ३ सय रुपैँया तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७५ रुपैँया कायम गरिएको महासङ्घले जनाएको छ ।























