किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीका एक युवक पक्राउ

काठमाडौं  : किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका९४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय