मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ : मोटरसाइकलको ठक्करबाट दाङमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा शारदा नगरपालिका–१ पट्नेरीका २५ वर्षीय दिपेश डाँगीको शनिवार साझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस