मंगलबार, फाल्गुण २६, २०८२
तास खेली रहेको अवस्थामा ७ जना पक्राउ

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित भुवन खड्काको ग्रिन भ्याली होटलमा जुवातास खेली रहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ७८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय