बुधबार, बैशाख ०९, २०८३
विभिन्न मुद्दामा फरार रहेका भुम्लुका २ पुरुष र रोशीका एक पुरुष पक्राउ

काभ्रे : विभिन्न मुद्दामा फरार रहेका जिल्लाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा नं ८ का अनिमेश लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा फरार रहेका लामालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो ।

सार्वजनिक मुद्दामा लामालाई जिल्ला अदालत काभ्रेले २०७२ माघ १० गते सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले भुम्लु गाउँपालिका वडा नं ८ बाट चैत्र ६ गते पक्राउ गरेको हो ।

त्यस्तै बुहविवाहमा फरार रहेका भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा २०७७ पुस ६ गते जिल्ला अदालत काभ्रेले सजायको फैसला गरेको छ । अदालतको फैसलापश्चात फरार रहेका माझीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले चैत्र ६ गते पक्राउ गरेको हो ।

यस्तै बैंकिङ कसूर मुद्दामा फरार रहेका रोशी गाउँपालिका वडा नं ५ का मेख बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहेका लामालाई चैत्र ६ गते पक्राउ जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो ।

विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय