आजबाट म्यादी प्रहरी भर्ना कार्य सुरु : काभ्रेमा आज ४ सय ५० जनाद्वारा दरखास्त

काभ्रे : स्थानीय तहको निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुल्ला गरिएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो।

आजबाट खुल्ला गरिएको आवेदनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा ४ सय ५० जनाले दरखास्त गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार काभ्रेमा आज ३ सय ९२ जना पुरुष र ९८ जना महिला गरी ४ सय ५० जनाले म्यादी प्रहरीमा भर्ना हुनका निमित्त दरखास्त पेश गरेका छन् । काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदानरनिवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशरउपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस