रोशीमा नागरिकको सवाल कार्यान्वयनको लागी साझेदारी बैठक सम्पन्न
काभ्रे : जिल्लाको रोशी गाउँपालिकामा नागरिकको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक सम्पन्न भएको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौड्यालयको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा रोशी गाउँपालिकाको नागरिकको साना देखिने तर प्रत्यक्ष स्थानिय सरकारसंग सरोकार राख्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वच्छ पिउने पानी व्यवस्थाको लागी विद्यालय मुहान तथा विद्यार्थी र सर्वसाधारणले दैनिक उपभोग गर्ने खानेपानीको स्वच्छता परीक्षण गर्ने विषयमा छलफल भएको थियो ।
विद्यालयमा वितरण गरिने स्यानेटरी प्याड डिस्पोजल ट्रयांक निमार्ण गर्ने, धार्मिक सामाजिक सांस्कृतक महत्व रहेको घरेलु मदिरा व्यवस्थापन विषयमा उत्पादक, विक्रेता, र उपयोग कर्तालाई करको दायरामा ल्याउनु कानुनी विधि स्थानिय सरकार मार्फत निमार्ण गर्ने, जंगली जनावरबाट हुने बाली क्षतिको विषयमा बाली बीमाको लागी कृषक तथा स्थानीय सरकारको साझेदारीमा रोशी गाउँपालिकामा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो ।
यसका साथै वर्तमान अभ्यासमा रहेको बादर तथा जंगली जनावर धपाउने बन्दुक सम्भव रहेसम्म बस्ती पहिचान गरेर वितरण कार्यलाई उच्च प्राथमिकतामा राख्ने, स्थानीय सरकारलाई चुस्तता गराउनको लागि सामाजिक परीक्षण सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई सहित लैंगिक समावेशी करण विषयक र भ्रष्टाचार नियन्त्रण विषयक रणनैतिक निति विषयमा ड्राफ माथि स्थानीय सरकार जनप्रतिनिधि सरोकारवाल सहित रहेर कार्यपालिकाबाट आगामी बैठकमा परामर्श सल्लाह सुझाव साथ पारित गर्ने विषयमा छलफल भएको समुदायिक सारथी जिल्ला संयोजक भेष राज दनुवारले बताए ।
कार्यक्रमको क्रममा समग्र रोशी गाउँपालिकालाई बिकेन्द्रित शासन प्रणालि अन्र्तगतको गाउँ गाउँमा सिंहदरवार अनुभुत गराउन सदैव रोशी गाउँपालिका रहेको विषयमा र विषय बस्तुमा केन्द्रित रहेको जानकारी रोशी गाउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौडेलले बताईन् ।
रोशी गाउँपालिकाका प्रशासन प्रमुख धनविर लामाले गाउँपालिकाले विभिन्न शाखाहरु मार्फत जनताको लागि धेरै कार्यहरु भईरहेको बताए । वडा नं.११ का वडा अध्यक्ष मिलन लामाले कार्य व्यस्तता र कामको चापमा अनुपस्थित रहनु हुने कार्यपालिका सदस्यहरुलाई समेत बैठकको साझा विषयमा जानकारी गराई तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
रोशी गाउँपालिकाको असल अभ्यासको नितिगत रुपमा कार्यान्वयन र राष्ट्रिय रुपमा सूचना संप्रेषण गर्नको लागि दायित्व नेपालको फेलोसिप रोजन तामाङले रोशी गाउँपालिकासंगै हातेमालो गरि अगाडी बढि सम्बृद्ध रोशी निमार्ण गर्नको रोशी सरकारले गरिएका राम्रा कार्यहरुमा थप सहयोग पु¥याउनको लागि जोड दिने बताए । गाउँपालिका भएपछि जनप्रतिनिधिहरु र रोशी सरकारले गरिएका राम्रा कामहरुमा सहजीकरण र थप अनुसन्धान गरेर सरकारलाई नितिगतरुपमा सहयोग गर्ने तामाङले जानकारी दिए ।
छलफल कार्यक्रमको सहजीकरण सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहदुर दनुवारले गरेका थिए ।