२ थान रेड पाण्डाको छाला सहित ४ जना पक्राउ

नेपालगञ्ज : २ थान रेड पाण्डाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जको नर्सिङ होम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेका छन् ।

रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार प्रहरीको टोलीले रेडपाण्डाको २ थान छालासहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस