अभिनेता पल शाहविरुद्धको २१ दिने अनुसन्धान सकियो

काठमाडौं : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्ध गरेको अनुसन्धान सकेको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।

अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस