बनेपा नगरपालिकाले धान तथा पिठो पिसानी औजार अनुदानमा वितरण गर्ने

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाले धान तथा पिठो पिसानी औजार अनुदानमा वितरण गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को स्वीकृत वार्षिककृषि विकास कार्यक्रम अनुसार धान तथा पिठो पिसानी औजार ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । ईच्छुक कृषक, कृषक समूह तथा कृषक सहकारीले नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

धान तथा पिठो पिसानी औजारका लागि ईच्छुकले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस सहित नगरपालिकाबाट सूचना प्रकाशित भएको मितिले १० दिनभित्र नगरपालिकाको कृषि शाखा उग्रेश्वर मार्गको कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएको छ । १० घरको एक समूह बनाई उपभोक्ता कृषकले वडाको सिफारिसले ल्याउनुपर्ने नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यस विषयमा थप जानकारीका लागि नगपालिकाको कृषि शाखा ०११६६५४९७, ९८४१७५३६६२ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस