कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

कैलाली : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार लम्की चुहा नगरपालिका वडा न १०, का २८ बर्षीय टेक बहादुर रावलको ट्रकको ठक्करबाट सोमबार मृत्यु भएको हो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको लम्की चुहा सडक खण्डमा पूर्व देखि पश्चिम तर्फ जाँदै गरेको लु १ ख ८९३० नम्बरको ट्रकले पश्चिमदेखि पूर्व जादै गरेको सु.प.प्र-०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ।

ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन।

सिफारिस

ताजा समाचार

लोकप्रिय