बुधबार, माघ २८, २०८२
म्यादी प्रहरीका लागि काभ्रेमा आज ६ सय ९ जनाले दिए आवेदन

काभ्रे  : स्थानीय तहको निर्वाचनका लागि देशभर म्यादी प्रहरी भर्ना कार्य चैत्र ६ गतेबाट सुरु भएको छ । जसका लागि काभ्रेमा आज ६ सय ९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

म्यादी प्रहरी भर्नाका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज १ सय ४९ जना महिला र ३ सय ९२ जना पुरुषले नयाँ आवेदन दिएका छन् । त्यस्तै म्यादी प्रहरीका १४ जना पूर्व नेपाली सेना, ४ जना पूर्व प्रहरी, ३ जना पूर्व सशस्त्र, ४७ जना पूर्व म्यादीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार समग्र काभ्रेमा आज १ सय ६९ जना महिला र ४ सय ४० जना पुरुष गरी कुल ६ सय ९ जनाले आवेदन दिएका छन् । योसँगै जिल्लामा आवदेन दिनेको संख्या १ हजार ५९ पुगेको छ । आाइतबार काभ्रेमा ४ सय ५० जनाले म्यादी प्रहरीका आवेदन दिएका थिए । स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १४ सय ९५ म्यादी प्रहरी माग गरिरएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशीले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय