नागरिकको सवाल र गुनासो सम्बोधनका लागि पनौतीमा साझेदारी मञ्च बैठक सञ्चालन
काभ्रे : जिल्लाको पनौती नगरपालिकाले नागरिकको सवाल र गुनासो सम्बोधन गर्ने विषयमा हर सम्भव पूरा गर्न लागि परेको छ ।
नागरिकका सवाल र गुनासो सम्बोधन गर्नका लागि पनौती नगरपालिका र समुदायिक सारथीको सहकार्यमा सोमबार साझेदारी मञ्च बैठक सञ्चालन गरेको थियो । उपप्रमुख गिता बञ्जरा को सभाअध्यक्षतामा भएको बैठकमा बिशेष उपस्थिती पनौति नगरपालिका नगर प्रमुख मेयर भिम न्यौपानको उपस्थिती रहेको थियो ।
नगरिकको सवालमा जंगली जनावरबाट हुने बालीनाली क्षतिको क्षतिपुर्तिको सवालमा निमार्ण गरेको कानुन समेत कृषक मैत्रि बनाउनको लागि नगर लागि परेको विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकमा किशोरीको स्वास्थ्य र महिनावारीको विषयमा छलफल भएको थियो । छलफलमा सामुदायिक विद्यालयमा वितरण गरीएको स्यानेटरी प्याडको गुणस्तर, नियमित परीक्षण सहितको अभ्यास, प्रयोगमा आएका स्यानेटरी प्याड डिस्पोजल गर्ने वातावरणका लागि विद्यालय परिवार तथा विषयगत शाखाको ध्यानाकर्षण भएको, महिनावारीको समयमा पनि नियमित पठन पाठनमा सहभागिता गराउने कार्यमा नगरको शिक्षा तथा स्वास्थ शाखाको कार्ययोजना सहित अगाडी बढने लगायतका विषयलाई उठान गरिएको थियो ।
तत्काल कार्यान्वयनमा हरेक सामुदायिक तथा निजि विद्यालयमा समेत शिक्षा शाखाबाट आवश्यक निर्देशमार्फत बालमैत्रि नगरलाई अझ व्यवस्थित गर्ने निष्कर्शमा साझेदारी मञ्चको बैठकमा छलफल गरिएको छ । समुदाय तथा विद्यालय क्षेत्र भएका पानीको मुहानको स्वच्छता परीक्षण र स्वास्थमा सुनिश्चित गर्ने विषयमा नगरपालिकाले ध्यानाकर्षण भएको जनाउँदै प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
आन्तरिक राजश्वको दायरामा नआएका मदिरा उत्पादक, विक्रेता र उपभोक्ताको कारण मानव अधिकार मैत्रि नगर निमार्ण तथा सुरक्षा र स्वास्थको चुनौती भएकाले सुरक्षा संयन्त्रको समन्वयमा आवश्यक प्रकिया नियमित रुपमा सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो । जसबाट महिला तथा बालबालिकाको हिंसाको अवस्थालाई समेत न्यूनिकरण गराउने कार्ययोजना नगरपालिकाले अघि बढाउने छ ।
नगरका हरेक वडामा रहेको विपद व्यवस्थापन समितिका तालिमप्राप्त जनशक्तिबाट नि.मा.वि तथा मा.वि तहका बालबालिकालाई यस विषयबारे सिकाउनुको साथै विपद व्यवस्थापन तथा जोखिम न्यूनिकरण कार्यमा संलग्न गराउने विषयलाई पनि छलफलमा उठान गरिएको थियो । यसका सथिै जोखिममा रहेको व्यत्तिःलाई पुनस्थापन समेत गर्ने गराउने कार्यलाई बैठकमा छलफल गरिएको छ ।
पनौती नगरपालिका क्षेत्रको स्थायी मात्रै नभइ अन्य पालिकाबाट आएर बसोवास गर्ने सडक बालबालिकालाई आवश्यक रुपमा पुनःस्थापन तथा विद्यालय प्रवेश गराई बेवारिसे सडक बालबालिका तथा बेवारीसे सडक मानव मुक्त सहर बनाउनेमा विषयमा पनि ध्यानकर्षण गराइएको थियो । यसका साथै उक्त कार्य तत्काल अगाडी बढाउने निर्णय बैठकले गरेको थियो ।
छलफलमा नगरपालिकाले किसानमैत्रिदेखि नागरिकमैत्रि र आत्म निर्भर नगर बनाउने विषयलाई प्राथमिकता दिएको दायित्व नेपालका काभ्रे जिल्ला फेलो रोजन तामाङले बताए । राष्ट्रिय महत्वमा पछाडी परेको सवाललाई उजागर गर्नका लागि पनौतीको अभ्यास उपयोग र प्रयोगबाट पनौती मात्र नभई सिंगो जिल्ला आत्म निर्भर बन्ने र नमुनाको रुपमा जिल्लाको पहिचान बनाउन सकिने गरी खोज प्रतिबेदन तयार गर्न उनले सबै निकायलाई अनुरोध गरे ।
बैठक छलफलमा शिक्षा शाखाका महेश्वर जंगम, स्वास्थ शाखाका पुरुषोत्तम तिमल्सिना, कृषि शाखाका मणि प्रसाद सापकोटा महिला तथा बालबालिका शाखा राममाया श्रेष्ठ, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलको उपस्थितिमा साझेदारी मञ्च बैठक सम्पन्न भएको थियो ।
बैठकको सहजीकरण सामुदायिक सारथीका जिल्ला संयोजक भेषराज दनुवारले गरेका थिए ।