सुनको मूल्य बढ्यो : तोलाको एक लाख नाघ्यो
मंगलबार, चैत्र ०८, २०७८ | १२:०८:५८
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य पुनः बृृद्धि भएको छ । आज प्रतितोला ८ सय रुपैँयाले बृद्धि भएको नेपाल सुनचाँदी व्वयसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको कारोबारमा ८ सय रुपैँयाले बढेर प्रतितोला एक लाख ३ सय रुपैँया तोकिएको महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ५ सय रुपैँयामा कारोबार भएको भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैँया कायम गरिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९९ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैँयाले बढेर एक हजार ३९५ रुपैँया पुगेको महासङ्घले जनाएको छ ।