आइतबार, बैशाख ०६, २०८३
तनहुँ अदालतमा आज अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौँ : तनहुँ अदालतमा आज अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको छ ।

आज अपरान्हसमम्म अदालतमा अभियोगपत्र दर्ता गर्ने गरी काम भइरहेको तनहुँ अदालतले जनाएको छ । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ। पीडित भनिएकी नाबालिगले दुई ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वीनवलपरासीको मुद्दाको प्रकृया अगाडि बढाउने तयारी भइरहेको छ ।
तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ। त्यसपछि थुनछेकको बहसपछि न्यायाधीशले पूर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रकृया अगाडि बढ्न सक्ने छ । पूर्वीनवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय