अभिनेत्री करिष्मा मानन्धर एमालेमा प्रवेश गरिन्

काठमाडौँ : अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । आज (मंगलबार) माइतीघर स्थित कार्की ब्याङ्क्वेटमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

एमालेमा प्रवेश गर्दैए अभिनेत्री मानन्धरले आजबाट आफूले राष्ट्रिय कलाकारको रूपमा पहिचान पाएको बताइन्। एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको भन्दै अध्यक्ष ओलीको भिजन देखाउने नेता भएको उनले बताइन्।

उनले वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन्। करिष्माले फागुन २६ मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मिति टुंग्याएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस