म्यादी प्रहरीका लागि काभ्रेमा आज ५ सय ८९ जनाले दिए आवेदन
मंगलबार, चैत्र ०८, २०७८ | १७:२३:४२

काभ्रे : स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना कार्यको आज तेस्रो दिन हो । जसका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज ५ सय ८९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
म्यादी प्रहरीका लागि काभ्रेमा आज १ सय ९३ जना महिला र ३ सय ९६ जना पुरुष गरी ५ सय ८९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार हालसम्म म्यादी प्रहरीका लागि १६ सय ४८ जनाले आवेदन दिइसकेका छन् । पहिलोे दिन ४ सय ५० जना र दोस्रो दिन ६ सय ९ जनाले म्यादी प्रहरीका लागि आवदेन दिएका थिए । स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १४ सय ९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।