काभ्रेमा एमालेलाई फेरि अर्को झड्का : प्रभावशाली नेता हुमागाई र बडाल काँग्रेस प्रवेश

काभ्रे : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काभ्रेमा नेकपा एमालेलाई फेरि अर्को झड्का लागेको छ । एकपछि अर्को गर्दै एमालेका प्रभावशाली व्यक्तिहरु काँग्रेस गरेपछि यतिबेला नेकपा एमाले धुलिखेललाई फेरी अर्को झड्का लागेको हो ।
त्यसो त नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ८बाट निर्वाचित निराजन जंगम काँग्रेस प्रवेश गरेको एक सातामै नेकपा एमालेका प्रभावशाली मानिने नेता रामकृष्ण हमागाई र साधुराम बडाल नेपली काँग्रेस प्रवेश गरेका छन् ।
नेकपा एमालेको जिल्ला अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठ मेयर रहेका धुलिखेल नगरपालिकामा लगातार कार्यकर्ताहरु नेपाली काग्रेश प्रवेश गर्नुले ब्यान्जु निरन्तर कमजोर हुदै गएको आम धुलिखेलवाशिको बुझाई रहेको छ। केहि दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगमले पाटि परित्याग गरि काग्रेशमा प्रवेश गरेका छन् । जंगम काँग्रेस प्रवेश गरेसँगै धुलिखेलमा एमालेलाई ठूलो झड्का लागेको थियो ।
हुमागाई र बडाल सहित विष्णु बस्नेत, उपेन्द्र हुमागाई, माधवमणि हुमागाई, अर्जुन भुजेल लगायत करिब १ सय जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस गर्ने नेताहरुलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्वागत गरेका हुन् । आज धुलिखेलमा एक कार्यक्रमका बिच उनीहरुलाई स्वागत गरिएको हो ।