काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज बुुधबार छापावाल सुनको मूल्य ११ सय रुपैँयाले घटेर प्रतितोला ९९ हजार २ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन एक लाख ३ सय रुपैँया तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैँया कायम गरिएको छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार ८ सय रुपैँया तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैँयाले घटेर एक हजार ३७० रुपैँया कायम गरिएको महासङ्घले जनाएको छ ।























