राजनितिको आडमा ठगी गर्ने कांग्रेस नेता तिवारी विरुद्ध मुद्दा दर्ता

काभ्रे : राजनितिको आडमा ठगी गर्ने धुलिखेल नगरपालिका वडा नं ११ का नेपाली कांग्रेस क्षेत्र नं १ (ख)बाट सहसचिव पदमा निर्वाचित विनोद प्रसाद तिवारी विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

विभिन्न प्रवोलनमा पारी आफूमाथि ठगी गरिएको भन्दै सिन्धुपाल्चोक जिल्ला इन्द्रावती नगरपालिका वडा नं १ का भुपेन्द्र भारतीले नेता तिवारी विरुद्ध जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेका हुन् । वर्षौँ बित्दा पनि तिवारी पैसा उपलब्ध नगराएकाले कानुनी प्रक्रिया अपनाइ जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गर्न बाध्य भएको भारतीले बताए ।

‘नजिकैको घनिष्ठ चिनजानको आधारमा पैसा लेनदेन भयो, तर पैसा फिर्ता भएन,’ भारतीले भने, ‘पैसा फिर्ताका लागि धेरै पटक बिन्ती गर्दा पनि पैसा नदिएकाले मुद्दा हाल्नु भन्दा अन्तिम विकल्प मैले देखिन ।’

आफूले तिवारीलाई १५ लाख ४४ हजार रुपैयाँ दिएको बताउँदै भारती भने, ‘पछि उसले पैसा हैन जग्गा दिन्छु भनेर पनि आश देखायो । तर ३ वर्षसम्म न पैसा नै दियो न जग्गा नै ।’ लामो समय कुर्दा पनि पैसा फिर्ता नआएपछि कानुनी बाटो अपनाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस