जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे : जिल्लाको बनेपा नगरपालिका १४ स्थित आशापुरेश्वर काभ्रेपलाञ्चोकमा रहेको जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यका साथ शिक्षित बनौ अभियान नेपाल ( Be Educated Movement Nepal) ले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । सोमबार एक कार्यक्रमबिच संस्थाका अध्यक्ष अशोकचन्द्र धुजु श्रेष्ठले विद्यालयका ८५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

आशापुरेश्वर क्षेत्रका विद्यार्थी र विद्यालयलाई संस्थाले केही वर्ष अगाडि देखिनै सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजु बस्नेतले बताए । उनका अनुसार संस्थाले विद्यालयमा पुस्तकालय पनि स्थापना गरेको छ । उक्त अवसरमा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ शैक्षिकबाट यस विद्यालयका विद्यार्थीहरुलाई ड्रेस र ट्र्याक सुट वितरण गर्ने योजना बनाएका छौँ ।’

शैक्षिक सामग्री वितरण कार्यक्रममा संस्थाका अध्यक्ष अशोक चन्द्र धुजू श्रेष्ठ, कार्यक्रम संयोजक रामचन्द्र रञ्जित, विद्यालयका प्रधानाध्यापक राजु बस्नेत, अविभावक, शिक्षक र विद्यार्थी हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थालाई विद्यालयको तर्फबाट प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस