धुलिखेल-९ मा वैदेशिक रोजगारका विषयमा छलफल कार्यक्रम सम्पन्न

काभ्रे : वैदेशिक रोजगारबाट फकिएका युवाहरुसँग जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ मा छलफल कार्यक्रम सम्पन्न भएको छ । सिभिक एक्सन टिमको आयोजनामा वडा कार्यालयमा वडा अध्यक्ष सहितको उपस्थितिमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको अवस्था बारेमा आज छलफल कार्यक्रम सम्पन्न भएको हो ।

छलफलमा धुलिखेल नगरपालिका वडा नं ९ को वडा अध्यक्ष बसन्त रानाभाटले वडा भित्रका विदेशीयका युवाहरु र उनीहरुले विदेशमा भोग्नु परेको समस्यको लागि सहजिकरण आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा धुलिखेल वडा नं ९ भित्रका धेरै युवाहरु वैदेशिक रोजगारीको क्षेत्रमा रहेको जानकारी गराउदै विदेशबाट फर्केका युवाहरुलाई वडाबाट विभिन्न कार्यक्रमहरु मार्फत समेटिदै आएको वडा अध्यक्ष राणाभाटले बताए । वडाबाट सम्पादन हुने विभिन्न योजनाहरु देखि उपभोक्ता समितिहरुमा समेत विदेशबाट फर्केका युवाहरु बसेर कामहरु गरिरहेको उनले बताए ।

वडा कार्यलय र सिभिक टिमसंगको सहकार्यमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुसंग वडाले छलफल गर्न तयारी गर्ने तयारी भएको अध्यक्ष रानाभाटले बताए । विदेशबाट फर्केका र विदेशमा रहेका परिवारको लागि योजना बनाउनको लागि वडा तयार रहेको वडा अध्यक्ष रानाभाटले छलफलमा बताए ।

छलफलमा ८ वर्ष रोजगारीको लागि विदेशमा बसेर फर्किएका वसन्त बस्नेतले विदेशबाट फर्केका र विदेश जाने युवाहरुको लागि सचेतनामूलक छलफल राम्रो भएको बताए । धेरै जसो नेपाली युवाहरु अरुको लहलहैमा विदेश जाने गरिएको कारण अबको दिनमा विदेश जाने जो कोहिले राम्रोसंग बुझेर मात्र जान पाईयो भने दुख नपाउने बस्नेतले बताए । वडामा भएको यस्तो छलफलबाट धेरै कुराहरुमा जानकारी मिल्ने भए पछि युवाहरुको लागि यस्तो कार्यक्रम राम्रो हुने बस्नेतले बताए ।

धुलिखेल नगरपालिका वडा नं ९ का स्थानिय इन्द्र बहादुर गौतमले युवाहरुसंग वडामा भएको छलफलले धेरै जानकारीहरु प्राप्त भएको बताए । वडामा भएको वैदेशिक रोजगार बारेको छलफलमा गौतमले युवाहरुको बिषयमा वडाले योजना बनाएर अघि बढ्नु पर्ने बताए । युवाहरुलाई बिदेशको नाममा जो कोहि बाट भईरहेको ठगि बारे राज्य जिम्मेवार हुनु पर्ने स्थानिय युवा दिपक रोकाले बताए ।

छलफलमा बैदेशिक रोजगारबाट फर्केका युवा नारायण लामाले विदेश जान चाहने युवाहरुलाई स्थानीय स्तरमै सीप सिक्नको लागि वातावरण मिलाउनुपर्ने जोड् दिए । वैदेशिक रोजगारमा जानेका परिवारहरुलाई समेत वडाले विभिन्न कार्यक्रमहरु मार्फत समिटेनुपर्ने लामाले बताए । सिभिस एक्सन टिमको तर्फबाट रोजन तामाङले वैदेशिक रोजगारको क्षेत्रमा लागेका युवाहरुको विषयमा स्थानीय सरकार जिम्मेवार भएर लाग्नुपर्ने जोड् दिए ।

विदेशबाट फर्केका युवाहरु र विदेशमा रहेका परिवारहरुले के कस्तो खालको समस्याहरु भोग्नु परेको छ ? वडामा विदेश जानेहरुको संख्य कति छन् ? विदेशबाट फर्केका युवाहरुले वडाबाट के गरियोस भन्ने मागहरु राख्दै आएका छन् लगायतका विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस