म्यादी प्रहरीका लागि काभ्रेमा आज ५ सय ३० जनाले दिए आवेदन
बिहिबार, चैत्र १०, २०७८ | १९:५०:३३

काभ्रे : सरकारले स्थानीय तहको निर्वाचनको लागि माग गरेको म्यादी भर्ना कार्यको आज पाचौँ दिन हो । जसका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज ५ सय ३० जनाले आवेदन दिएका छन् ।
म्यादी प्रहरीका लागि काभ्रेमा आज १ सय ४२ जना महिला र ३ सय ८८ जना महिला गरी ५ सय ३० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार म्यादी प्रहरी भर्नाका लागि पहिलो दिन ४ सय ५०, दोस्रो दिन ६ सय ९ जना , तेस्रो दिन ५ सय ८९ जना,चौँथो दिन ६ सय ५७ जना र आज पाचौँ दिन ५ सय ३० गरी अहिलेसम्म २८ सय ३५ जनाले आवेदन दिइसकेका छन् ।